गुरुवार, 31 जुलाई 2014

जंग बहादूर राणा ,,,कुटनीति

विक्रमको बीसौं शताब्दीको तेस्रो दशाब्दीमा रूसी बादशाहले ब्रिटिश बादशाहद्वारा शासित हिन्दूस्तानमा आक्रमण गर्न ठूलो सैन्य अभियान थालेको, सो अभियान यारकन्दबाट अफगानिस्तानहुँदै पञ्जाब–लाहोर आइपुग्ने र यसबाट सुदूरपश्चिम नेपालमा पनि चढाइ गर्ने प्रबल सम्भावना रहेकोले हिन्दूस्तानको आकाशमा मडारिएको कालो बादलको छाया नेपालमा पनि अवश्य पर्ने हौवा बन्यो। हिन्दूस्तानका गोर्खाली पल्टनमा पनि यसबाट ठूलै खैलाबैला मच्चियो। नेपाली लाहुरेहरूले सो खबर नेपालभरि फैलाए। हिन्दूस्तानका अखबारका पाना पनि यही खबरले भरिए। तस्वीरः द रानाज अफ नेपाल यसरी रूसले हिन्दूस्तानलाई लिन्छ–लिन्छ भन्ने हल्ला चल्दा श्री ३ जंगबहादुर राणा शिकार खेल्न तराई झ्रेका थिए। उनले कमला सवारी शिविरमा भाइभारदार र अफिसरहरूलाई आफ्नो अन्तरिक राजनीतिका कुरा कहेका थिए। त्यसबाट पनि उनले अंग्रेजसँग न खुलस्त मिल्ने न त प्रत्यक्ष जुध्ने द्वैध कूटनीति अपनाएका थिए भन्ने प्रष्ट हुन्छ। शुरूमा उनले अंग्रेजसँग मिल्ती गरी उसका भारतीय विरोधीलाई पन्साएर सुगौली सन्धिबाट गुमेको पश्चिम तराई फिर्ता ल्याएका थिए। यद्यपि, ‘नयाँ मुलुक’ भनिएको त्यो जमीन तात्कालिक नेपालका लागि उस्तो फाइदाजनक थिएन। नयाँ मुलुक (अहिलेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) पूर्वी तराई जस्तो गुल्जार थिएन। त्यसमाथि, ब्रिटिशहरूले शुरूमा राप्तीपूर्वको भूभाग मात्र फिर्ता गरे– वनै वनको महत्वहीन भूमि झैं गरी त्यस पश्चिमको भूभागलाई आफ्नै नियन्त्रणमा राखिरहे। तात्कालिक नेपाललाई त्यति आयस्ता नदिने त्यो भूभाग सारा भारतलाई रेलमार्गको जालोले बेर्न लागेका ब्रिटिशका लागि सुन जस्तो थियो। उनीहरूलाई रेलको पटरी विछ्याउन ठूलो मात्रामा सखुवाको काठ र चुरेको ढुंगा–गिटी चाहिएको थियो। यता जंगबहादुरको दाबी कुमाउ–गढवालसम्म फिर्ता गराउनेमा थियो। त्यो नपाउँदा उनको मन कुँडिइरहेको थियो। उनी त्यो असन्तोष बेला–मौकामा पोखी पनि रहन्थे। चार बादशाहको चेपुवा त्यसबेलाका चार बादशाह– रूस, चीन, दिल्ली र बेलायतमध्ये समुन्द्रको बादशाह भनेर चिनिन्थ्यो, बेलायत। त्यसले दिल्लीलाई खाएर आफ्नो पनि अङ्गभङ्ग गरिदिएपछि नेपाल चिनियाँ बादशाह गुहार्न पुगेको थियो। तर, ठूलो प्रयास गर्दा पनि चीनबाट अपेक्षा अनुरुपको सहयोग नपाएपछि नेपालले रूसी बादशाहलाई समेत सम्झ्ेको थियो। त्यस्तो अवस्थामा रूसले अंग्रेजी साम्राज्य हान्न लागेको समाचार सुन्न पाउँदा जंगबहादुर ‘मौका पर्खी बस्ने पौरखीलाई एक न एक दिन औसर आउँछ, पुरुषार्थीले औसर छोप्न सक्नुपर्छ’ भन्ने नीति वचन सम्झ्ँदै पुलकित भएका थिए। कमला किनारको शिकारी सवारी मुकाममा भाइछोरा र भारदारहरूका सामु जंगको मुखबाट अन्तर्मनको त्यही भावना निस्केको थियो। त्यसबेला उनले ‘हिन्दूस्तानमा रूसको हमला हुँदैछ, सो हाम्रो पश्चिम नेपालसम्म पनि आउन सक्छ, उसले नेपाली शासकलाई हामीसँग मिल्न आउ घा (सन्धि) गरौं भन्न सक्छ, त्यसबेला ब्रिटिशसँग तपाईंहरू हाम्रा मित्रलाई छाडेर हामी विरन्तरीसँग मिल्दैनौ, पहिले विप्लवमा जस्तै विपक्षी हटाउन भरमद्दत गर्छौं, हामीलाई सैन्य बल बढाउन युद्ध सामग्री, हातहतियार गोलीगट्ठा प्रशस्त चाहिन्छ, बीस हजार सेनालाई बन्दूक, ब्रिज लोडर २४ तोप, तिनलाई चाहिने खरखजाना सबै देऊ भन्नू, ब्रिटिश सरकारले हामी त्यस्तो खर्च दिन सक्तैनौं भन्यो भने यही माग रूससँग राख्नू, तर यो चाहिं रूस हिन्दूस्तान पसेपछि मात्र गर्नु, यूरोपीयसँग कुरा गर्दा आफ्नो भेद कहिल्यै नखोल्नू प्रचार गरिदिन्छन्, तिनको विश्वास गर्नुहुँदैन’ भनेका छन्। जंगबहादुर शिकारबाट फर्कंदाको संयोग कस्तो भने ब्रिटिश रेजिडेन्ट भायसरायका छोरासहित केही अंग्रेज अफिसरहरू चित्लाङ्गमा उनीसँगै बास बस्न आइपुगेछन्। त्यो मौकामा जंगबहादुर स्वयं अंग्रेजहरूको बास शिविरमा गएर कुरा गरे। त्यसबेला अंग्रेजहरूले ‘नेपाललाई जे चाहिन्छ सो सबै हामी दिन्छौ, भरमद्दत हामी नै गर्छौं, धन्दा मान्नुपर्दैन, नेपाललाई आपत् विपत् केही आइपर्‍यो भने अवश्य गुहार दिनेछौं’ भनेर जंगलाई आश्वस्त पारेका थिए। देशको जनबल–धनबल बाहिर जान दिंदै दिनुहुन्न भन्ने जंगबहादुरको विचार थियो। देशका युवकहरूलाई भर्ना गरेर सैन्य संख्या बढाउने, तिनलाई सधैं शस्त्रसज्जित र तम्तयार राख्ने र सलले नभए बलले पनि आफ्नो भूमि फिर्ता लिने उनको भित्री आकांक्षा थियो। १९२९ सालको सवारी मुकाम कमला नदीमा श्री ३ महाराजबाट हुकुम भयाको कुरा रुस् आई अरु सेट्याल यसियाका राजाहरूसंग भयाका बेपारको घावमोजीम यांहा पनि घा गर गर्दैनौ भन्या लड्न तयार हौ भनि भन्यो भन्या दिन्या जबाब– १ पहिले बृटिश गवरमेन्टसंग तिम्रो हाम्रो धेरै दिनदेखि दोस्ति भै तिमीहरूलाई हामीले मानि आयाको हो, आज हाम्रा ढोकाका नजदिक रुस आइरहेछ, जस्तै अघिदेखि मानि आयाका छौं, सोही बमोजिम हामिलाई मानी बस्, तेसलाई हामी हटाई देउला भंछौ भन्या हाम्रो मंजुर छ, तेसलाई हटाइदेउ हामी हटाउन सकदैनौं, तिम्रो मुलुकको जसो गरी रक्षा हुन्छ आफै गर, तिम्रो सरोकार हामीलाई छैन, भंन्छौ भन्या यही बेहोरा लेखि हामीलाई जवाफ देऊ र जन उपायले होला आफु बचाउ हुन्या पाठ गरला भनि बृटिश गवरमेन्टसंग कुरा कहानी गरी लिखत लिनु रुसलाई हामी हटाउंछु धंदा मान्नुपर्दैन भनि भन्यो भन्या २४ तोप र २० हजार फौज म तयार गर्छु तेतिलाई पुग्न्या ब्रिजलोडर ऐको षजाना र अरु जो जो चाहियाको देउ र तिम्रा सल्लाह बमोजिम् भर्मगदुर गरुंला भनि भंनु पाइयो भन्दा रुसलाई बृटिश सर्कारसंग धेरै लडायी भै घा अहद गरी उनीलाई मानी आयाको छ, यो कुराको सवाल उनिसंग गर भनि जवाफ दिनु– २ कदाचित् तिम्रो पनाह लिन हामी सकदैनौं भनि बृटिश सर्कारबाट जवाफ मिल्यो भन्या रुसले लाहुरसम्म आइपुग्या पछी यति तोप येति फौज हामी तयार गरी ल्याउछौ, वि्रज लोडर उतिलाई पुग्न्या गरी खरखजाना देउ रीझबापत हाम्रा पुरानो मुलुक गढकुमाउ र अरु जगा जो मिलोस् अंग्रेजलाई मानी आयाबमोजीम् तिमीलाई मान्नालाई र तिमीसित लड्नामा हामी तयार छौ भनि पठाउनु– ३ ई उरोपियानसंग राजकाजको कुरा काहानी गर्दा भित्री चेवाचर्चा गरी पठाउनु हुदैन, अखवारमा छापी जाहेर हुंछ, तर निमीत्त रुस लाहुरमा आई पुग्या पछी मात्र कुरा गर्न हुंछ बिच चेवा मार्फत कुरा गरी पठाउन हुदैन– ४ जंगका मुंसिहरूको टिपोट यो माथि लेखियाको मुद्दामा २९ साल मीति फागुन वदी ११ रोज १ का दीन चीतलाङ मुकाममा श्री ३ महाराजबाट मेजर जनरल केदारनरसिं राणालाई समेत साथ ली रजिडंट साहेब मिष्टर गर्डीलस्टोन भाइसरोवायका छोरा मिष्टर वीयाटिंरमुसाहेब कप्तान विडल तीनै जना बसी रह्याको वेलामा निजहरूका तंवुमा सवारी भै यारकदतर्फ पनि रुसले दखल गर्दे आयो भंन्या खवर छापामा लेखी आयाको रहेछ, सो कुरा साँचो ठहर्‍यो भन्या हाम्रो जुम्लाको नजिक आई पुग्यो हामीलाई पनि दहसत हुन्या भयो, केही गरी रुससँग जोरीयो भन्या हामीलाई पनि कठीन भयो, यसो भयो भन्या बृटिश सर्कारबाट मद्दत होइसक्छ, सकदैन भनी सोधी बक्सदा साहेबहरूले बृटिश सरकारले आफ्ना बचाउ र फाइदा निमित्त पनि नेपाल सर्कारलाई उस्तो परी आयो भन्या भरमगदुर मद्दत दी सोतंत्रता थामी दिन्याछन् यसमा संदेह छैन, भन्या जवान जवाव दिया शुभम्

बुधवार, 30 जुलाई 2014

१०१ बर्ष का बुदा मान्छे का कुरा

Font size:
पनौती गैह्रीगाउँका चक्रबहादुर देउजा शनिबार आफ्नै घरको आँगनमा सुर्ती माडिरहेका भेटिए । साथमा थिए उनका छोरा तथा एमाले नेता शिवबहादुर देउजा । ती बा-छोरा समयको व्यापक परिवर्तनबारे गफ गर्दै थिए । उमेरले १०१ वर्ष पुगिसकेका चक्रबहादुरले एकबारको जुनीमा के पो देखेनन् ? तर, अझै देख्न बाँकी कुरा बग्रेल्ती रहेको भन्ठान्छन् उनी ।

नामः चक्रबहादुर देउजा ।

उमेरः १०१ वर्ष ।

शिक्षाः कखरा लेख्न सक्ने, बिहान-बेलुकी गीता पढ्ने ।

पेसाः पहिले खेती-किसानी, अहिले केही छैन ।

सोखः पुराना लोकदोहोरी गीत र भजन गाउने, मादल, खैंजडी, झ्याम्टा बजाउने ।

मनलाग्ने खानेकुराः खानेकुराको कुरै नगरौँ, मेरो पालामा पाँच रुपैयाँको १५ धार्नीको खसी आउँथ्यो । अहिले पाँच रुपैयाँमा के पो आउँछ र ?

मनपर्ने ठाउँ: पाकिस्तान, गोविन्दनगर ।

जीवनमा नौलो कुराः समयको परिवर्तन सबै नौला । टेलिभिजन हेरेको र छोरानातिले मोबाइल फोन चलाएको सबैभन्दा नौलो ।

फेरिएको समयः हाम्रो पालामा केटीहरू शिरदेखि पाउसम्म लुगाले छोपिन्थे, अहिलेका केटीहरू त आम्मै ! आधा जिउ देखाएर लुगा लाउँछन् । खै ! के भएको हो यो समयलाई ?

चक्रबहादुर देउजाको 'सर्टकट' चिनारी यत्ति नै हो । एक शताब्दी उमेर नाघिसकेका चक्रबहादुरले एकबारको जुनीमा के पो देखेनन् होला र ? तर, अझै देख्न बाँकी कुराका लामो चाङ बाँकी रहेको भन्ठान्छन् उनी । 'म त यो गाउँकै जेठो पो त,' उनी भन्दै थिए, 'यो पनौती, गैह्रीगाउँमा मजत्तिको बूढो कोही छैन ।'

आफू १०१ वर्ष भएको उनलाई ख्याल छ । तर, आफ्नो जन्ममिति वा अन्य तिथिमितिको उति नजरअन्दाज गर्दैनन् चक्रबहादुर । 'आमा बारीमा घाँस काट्न जानुभएको वेला म जन्मेको रहेछु,' हिउँ कपाल कन्याउँदै उनी भन्छन्, 'म बुझ्ने भएपछि आमाले मेरो हात समाउँदै बारीको पाटोमा लगेर 'यी तँ यहीँ जन्मेको होस्' भन्नुभएको थियो ।' यसरी नै घरतलको बारीको पाटो सम्झेर बितेका छन् यत्तिका वर्ष ।

वानप्रस्त उमेरमा पुगेका, शरीरमा कुनै पनि रोग नभएका यी हट्टाकट्टा बूढालाई जीवनमा पहिलोपटक शरीरमा डर उम्रेर आएको छ- केही दिनअघि नाकबाट रगत बगेपछि यिनको मुटु ढक्क फुल्यो र त्यस साँझ लाग्यो रे- अब धेरै बाँचिन्न कि त ? उमेरमा शताब्दी नाघे पनि उनी स्वस्थ, स्फूर्त देखिन्छन् । कान राम्ररी सुन्छन्, बिहान-बेलुका गीता पढ्छन्, छोरा-नातिलाई वेला-वेला लौरो बजारेर झपार्छन्, 'लौ आओ, तिमीहरूसँग एक-एक भिड्छु ।' '४०/५० वर्षेजस्तो त कहाँ हुन्छ र ?' बातचितको सुरुमै उनले सुनाए, 'पहिले त केहीको पनि डर हुन्नथ्यो । कोही जुध्न आए त परालको मुठोजसरी हुत्याइदिन्छु जस्तो लाग्थ्यो । अब केही नगरी आफूखुसी बाँच्न पाए पुग्छ ।'

०००

जवानीका जोसिला दिनहरू फिरन्ते बन्दै बिते, कहिले भारत त कहिले पाकिस्तानतिर । त्यसवेला उनी खोलाको ठूलो भेल पनि तर्थे र अग्ला पहाड पनि चढ्थे । १५ वर्षको उमेरमा कैलाली पुगेर वनपालेको जागिर खाए । तीन वर्ष जागिर खाएपछि 'दुनियाँ नघुमी, संसार नदेख केही नजानिँदोरहेछ' भन्ने ज्ञान पलाएछ र हिँडेछन् पटना । 'उत्ताउलो मस्ती थियो, उट्पट्याङ स्वभाव थियो,' उनले भने, 'केही कुराको डर लाग्दैनथ्यो । कसैले निहुँ खोजे जो आए पनि कुटिन्छजस्तो लाग्थ्यो ।' समयले मान्छेमा यस्तो तुजुक भर्दोरहेछ । तीन वर्ष पटनामा एउटा साहुको कपडा पसलमा काम गरेपछि चक्रबहादुर पाकिस्तानतिर लागेछन्, पानीजहाजबाट । गोविन्दनगर पुगेपछि तरबार देखाउँदै मुसलमानले सोधेछ, 'तेरो धर्म के हो ?'

'हिन्दू,' उनले भने ।

'तँलाई अल्ला आउँछ ?'

'आउँछ । म अल्ला पनि जप्छु र गीता पनि । मेरा लागि संसारका सबै धर्म बराबर हुन् ।' उनको उत्तर सुनेर मुसलमानले उनलाई आफ्नै घरमा राखेछ । एक रात मुसलमानले चक्रबहादुरको सिरानीबाट खुकुरी निकालेछ र गाई मारेछ । आफ्नो खुकुरीले गाई मारेपछि चक्रबहादुर निकै विक्षिप्त बने र घरै छोडेर हिँडे । यसरी फिरन्ता बन्दै उनी पाकिस्तान, भारतमा गरी ६ वर्ष बसे र नेपाल फर्किए । उता देश-दुनियाँ देखे-भोगेर आएपछि पनि उनी स्थिर भएर एकै ठाउँमा अडिन सकेनन् । यता खेती-किसानी गर्ने र वर्षको दुई-चार महिना कलकत्ता, दार्जिलिङतिर बरालिने । घुम्ने त आदत नै बस्यो उनको । यसरी यता-उता घुम्दाघुम्दै बिते जवानीका दिन ।

उनले तीनवटी श्रीमती बिहे गरे । जेठी बिहे गर्दा चक्रबहादुर १० वर्षका थिए भने श्रीमती ६ वर्षकी । जेठीको नाम उनलाई सम्झना छैन । अनुहार पनि धमिलो मात्रै सम्झना छ । २१ वर्ष पुगेपछि उनले 'बिछट्टै राम्री' मखमलीसँग बिहे गरे र जेठीलाई एक छोरा, एक छोरीका साथ छुट्टै घर बनाएर राखिदिए । जेठीले त उनलाई फर्केर पनि हेर्न छोडिन् । एउटी छोरीको जन्मपछि माइलीलाई रोगले च्याप्यो । रोग पत्ता नलागीकन मखमलीले बिहे गरेको दुई वर्षपछि आँखा चिम्लिन् सधैंका लागि । चक्रबहादुर एक्लिए । मखमली गएपछि जीवनमा नरमाइलो त लाग्ने नै भयो । सुख-दुःख गर्ने अर्की साथी खोज्न पाए... भन्ने पनि मनमा आयो । माइलीको मृत्यु भएको एक वर्षपछि बुबाले खोजिदिएकी सरस्वती घर भित्र्याए चक्रबहादुरले । उनका अनुसार, कान्छी श्रीमतीबाट उनले सुख पाए ।

०००

उनलाई देख्नासाथ सिंगो एउटा युगको कुरा गर्न मन लाग्छ । जीवन, समाज, समय र बुढ्यौलीका कुरा । राणाकालीनदेखि गणतान्त्रिक नेपालसम्मको चित्र-चरित्र प्रत्यक्ष बोध गरिरहेका चक्रबहादुरले देखेको नेपाल अलि भिन्न छ । 'मैले देखे-भोगेको नेपाल अहिले निकै बदलियो । पुराना कुरा सबै फेरिए । नेपालसँगै हामी आफू पनि बदलियौँ कि ? हातखुट्टामा बल भइन्जेल खुबै घुमियो । अहिले त लौरो टेक्दै आँगनसम्म पुग्यो, फर्कियो । बस यत्ति हो जिन्दगी,' उनी भन्छन् ।

तिघ्रामा बल छउुन्जेल समय अपुगजस्तो लाग्थ्यो । दिन पनि मिलिक्कै बितेजस्तो । रात झिमिक्कै कटेजस्तो । धान रोप्दै, मकै गोड्दै, वन पुगेर ठमठम हिँडेर दाउरा ल्याउँदा-ल्याउँदै घडीको सुई स्वाट्टै घुमिसक्थ्यो । अहिले समय पूरै फेरिएको छ, चक्रबहादुरको । घडीको सुई पनि नहिँडेजस्तो, समय बल गरेर ढिलो घिसि्रएजस्तो । रातका प्रहर बिस्तारै ढल्किएजस्तो । कतै दिनको समय २४ घन्टाभन्दा लम्बिएको हो त ? जीवनको उत्तरार्द्धमा यसको उत्तर खोज्नु निकै अप्ठ्यारो पर्नेरहेछ ।

'बिहान चारै बजे उठ्छु, शरीरले साथ दिए नुहाउँछु, गीता पढ्छु,' बा दिन कसरी बित्छ भनेर सोधिदिनेलाई चक्रबहादुर भन्दारहेछन्, 'यस्तै त हो, बितिहाल्छ नि ।' एकान्तिक जीवन बिताइरहेका यिनले छिनछिनमा गर्ने अर्को काम पनि छ, दूधको चिया पिउनु र गोलो बट्टाभित्रको सुर्ती तल्लो ओठले च्यापिरहनु । यसरी पनि दिन बितेन भने उनी अर्को काम पनि गरिभ्याउँछन्, लौरो टेकेर घरमुनिको चिया पसल पुग्छन् र ठिटाका कुरा सुनिबस्छन् अनि तिनका कुरा चित्त नबुझे हप्काइहाल्छन् ।

०००

राष्ट्रले वृद्धवृद्धालाई 'सम्मानित नागरिक' भनिरहेका वेला आफन्त र शुभेच्छुकको भीडमा बाँचिरहेका छन् चक्रबहादुर । उनका छोरा शिवबहादुर देउजा एमालेका नेता हुन्, तीनपटकसम्म सांसद भइसकेका । 'म त धेरै भाग्यमानी बूढो !' छेउछाउमा भेला भएका बुहारी र नातिहरूबीच उनी भन्दै थिए, 'मभन्दा माथिका सबै गइसके, म भने आफन्तका माझ खुसी मनाउँदै छु ।'

'९० सालको भुँइचालो सम्झँदा अहिले पनि अत्तालिन्छु,' चक्रबहादुर सम्झँदै थिए, 'माघेसंक्रान्तिको दिन दिउँसो दुई बजे भुँइचालो आउँदा म आँगनमा गाउँका केटाहरूसँग 'पलाँसी' खेल्दै थिएँ । एकाएक सबै साथीसँगै म पनि भुँइमा लडँे । हामी उभिएको जमिन फाट्न थाल्यो । खेतमा काम गरिरहेका मान्छे कोकोहोलो गर्दै कराउन थाले । आँखाअघि पूरै कुहिरो छाएजस्तो भयो । आँखाले देखुन्जेल वरिपरि धुलो व्याप्त भयो । घरहरू त फाट्दै-जोडिँदै पो गर्न थाले । हामी त यता न उताका बन्यौँ ।' हुन त उनको घर-गाउँ वरिपरिका कोही पनि मान्छे भुँइचालोको कारण मरेनन् । तर, भुँइचालो आएको वेला चक्रबहादुरलाई बाँचिएला भन्नेचाहिँ लागेको थिएन । स्वभावले निकै हठी उनलाई त्यसवेला मात्रै 'ज्या मर्नलाई त केहीबेर पनि लाग्दोरहेनछ' भन्ने भएको थियो । चक्रबहादुरका सम्झनामा उसवेला काठमान्डुबाट टाढाको पनौतीवरिपरि साह्रै पातलो नेवारी बजार थियो । खड्पु र पनौतीवरिपरि मात्रै हाटबजार हुन्थे -गाउँले नुन-तेल र लुगाफाटो किन्न टाढाको बजार पुग्नुपथ्र्यो) तर अहिले त सबतिर बजारैबजार । यहाँसम्म कि एउटै भवनमा सबैखाले सामान पाइने खुम्चिएको बजार देखेर उनी जिल्ल परेका छन् ।

साँझ परेपिच्छे उनका घरैअघि स्यालका हुल कराउन थाल्थे । रात-साँझ हिँडिरहँदा घरनजिकै बाघ कराउनु उनका लागि सामान्य कुरा थियो । गाउँका गांैडा र चौरहरू शौचालय बन्थे । पनौतीनजिकको सहर बनेपाका बाटो दायाँबायाँ खुला शौलाचय थिए । बनेपाका केही भित्री गल्लीमा त भूत-प्रेतको बाससमेत छ भन्ने हल्ला व्याप्त थियो ।

उनी भारततिर फिरन्ते बनिहिँड्दा कहिलेकाहीँ राम्री तरुनीलाई ट्याक्सीमै राखेर फिल्म हेर्न सिनेमा हल पुग्थे रे । यता नेपाल आएपछि त्यो आदत छुट्यो । तर, चक्रबहादुर खेतमा काम गर्ने खेताला र माइली श्रीमती मखमलीलाई आफूले भारतमा हेरेका फिल्मबारे गफचाहिँ दिइरहन्थे । एकपटक खेतका केही खेताला र श्रीमती मखमलीलाई लिएर चक्रबहादुर पनौतीदेखि हिँडरै काठमान्डुको जनसेवा हलमा फिल्म हेर्न पनि गएछन् । तर, फिल्मबारे अरू सम्झना उनलाई छैन ।

'के कुरा गर्ने नाति (संवाद गर्दा खुल्दै गएपछि चक्रबहादुर वेलावेला मलाई नाति भनेर सम्बोधन गर्थे) कुरैको दुःख !' यसै भन्दै वेलावेला 'गोल्डेन टोबाको' सुर्ती मुखमा हाल्थे र उहिलेको हिसाबकिताब फिँजाउन थाल्थे चक्रबहादुर । 'पाँच पैसामा एक ठेकी घ्यू आउँथ्यो । पाँच रुपैयाँमा १५ धार्नीको खसी आउँथ्यो । २० रुपैयाँमा साढे दुई मुरी धान आउँथ्यो । सात आनामा दुई माना खानेतेल र तीन सुकामा एक पाथी मासको दाल आउँथ्यो । दुई पैसामा एक माना दूध आउँथ्यो,' उनी आफ्नो जमानाको हिसाब लगाउँदै थिए । उनी आफ्नो जमानामा चुरोटको अम्मली थिए । फूलमार चुरोट पिउँथे । एक दिनमा तीन बट्टासम्म चुरोट पिउँथे रे उनी । ९५औँ जन्मोत्सवमा उनले चुरोट पिउन छोडे । र, एक वर्षपछि फेरि सुरु गरे सुर्ती । उमेरमा उनी रक्सी पनि पिउँथे रे । रक्सीचाहिँ ६० लागेपछि छोडे । आजभोलिका ठिटाले चुरोट, रक्सी पिएकोचाहिँ उनलाई पटक्कै मनपरेको छैन । 'चुरोट, रक्सीले राम्रो र स्वस्थ समाजको निर्माण गर्दैन रहेछ । यो ठीक बाटो होइन,' उनले हृदयबाटै बोलेजसरी सुनाए ।

०००

गाउँकै वरिष्ठ नागरिक भएकाले चक्रबहादुर बिहा, ब्रतबन्ध, स्थानीय विद्यालय वा क्लबका कार्यक्रम, चाडपर्वमा सधैँ सहभागी हुन्छन् । दसैंमा त उनको हातको टीको लगाउन सिंगो गाउँ नै उल्टिन्छ । वरिपरिका गाउँका मान्छे पनि धाएरै उनीकहाँ टीका लगाउन आउँछन् । छोरा-नाति आफ्नै काममा व्यस्त हुन्छन् । घरमा पालेको अजंगको कुकुर उनको बुढेसकालको साथी बनेको छ । अरू फुर्सदमा 'गीता' पढ्ने, देशको हालखबर बुझ्न कहिलेकाहीँ पत्रपत्रिका पढ्ने, पुराना लुगाफाटामा टाँक लगाउनेजस्ता धन्दा गरिरहेका हुन्छन् चक्रबहादुर । १५ वर्षअघि कान्छी श्रीमती बितेपछि उनी अझ एकान्तिक बनेका छन् । उनले धेरै कुरा दाँजेका छन् पहिले र अहिलेमा । पहिले माया पनि दोहोरो हुन्थ्यो । तर, अहिले माया फेरिएको उनले देखेका छन् ।

भनिन्छ, वृद्धहरूलाई मर्नुअघि केही हेरेर, केही खाएर वा कसैलाई भेटेर मर्ने इच्छा हुन्छ । उनलाई अनौठो इच्छा रहेछ- मर्नुअघि साथमा मोबाइल बोकेर टाढाका आफन्तसँग गफ गर्ने । ५० वर्षको उमेरमा पहिलोपटक रेडियो देखेका चक्रबहादुर अहिले समयमा आएको परिवर्तन देखेर आफैं दंगदास छन् ।

पहिले ठूलो डोकोभरि गाईवस्तुकोे मल बोकेर ठमठम हिँड्ने कृषक चक्रबहादुर अहिले आँखैसामुमा विकासे मलले 'शुद्ध गाईवस्तुको मल'को ठाउँ लिएको हेरिरहेका छन् । गाउँभरमै मादल र झ्याम्टा बजाउन, रातैभरि दोहोरी र रोदी खेल्न कहलिएका बूढा चक्रबहादुरले यी सबै चलन हराउँदै गइरहेको देखिरहेका छन् । '१११ वर्षसम्म बाँच्छुजस्तो लाग्छ,' चक्रबहादुरले निकैबेरसम्मको खोकी थामिएपछि सुस्तरी सुनाए, 'मृत्यु अन्धकारजस्तै हो, अँध्यारोकै बीच लैजान्छ कालले । मेरा लागि समयले ल्याएका सबै परिवर्तन नौला हुन् । अब बाँच्नुपर्ने दिनमा के-के नौला कुरा देख्नुपर्ने हो ?'

नेपाल र भारत क बीच भएका सन्धी सम्झौता हरु

(इ.सं. १८१५ डिसेम्बर२) १.माननीय इस्ट-इन्डिया कम्पनी र नेपाल राजाका बीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ। २. युद्ध हुनु भन्दा पहिले दुवै राज्य का बीच जुन भू-भागका सम्बन्धमा विवाद थियो, ती भूभाग हरु नेपालका राजाले परित्याग गर्छन्र ती भूभाग हरु माथि माननीय कम्पनीको प्रभु सत्ता स्वीकार गर्छन्। ३.नेपाल का राजा माननीय इस्ट-इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरु सदाका निम्ति समर्पण गर्छन् -(काली र राप्तीनदीको बीचका ख सम्पूर्णतल्ला भागहरु, (राप्ती र गण्डकीबीच को सम्पूर्ण तल्लो भूमि, (गण्डकी र कोशीबीचको समस्त तल्लो भूभाग, (मेची र टिस्टा बीचको समस्त तल्लो भूमि, (मेचीनदी भन्दापूर्वतर्फको सम्पूर्ण पहाडीइलाकाहरु,नागरी को दुर्गर जमिन तथा नगरकोटको घाटी जसमा मोरङबाटपहाडतिर जानेबाटोछ, यससँगै सोघाटी र नागरीका बीचका सबै भूभाग यस मिति देखि४०दिन भित्र मागोर्खाली सेनाले खाली गरिदिनु पर्नेछ। ४.नेपाल राज्यका प्रमुख रभारदारहरु ज-जस्को स्वार्थमा माथि उल्लिखित अभिधारा ले हानिपुर्‍याएको छ, क्षतिपूर्ति का लागि ब्रिटिश सरकारले ती प्रमुखहरुलाई जम्माजम्मी सालाना दुइलाखरुपैया पेन्सनका रुपमा दिन स्वीकार गर्छ।यो रकम नेपाल का राजाको तजबिज अनुसार समानुपातमा बाँडिनेछ।नेपाल का राजाबाट यसरकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरल को मोहर र हस्ताक्षर सहितको सनदपत्र सम्बन्धित पेन्सन वालालाई दिइनेछ। ५.नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरुको तर्फबाट कालीनदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन्र साथै त्यो इलाका तथा त्यस इलाकाका निवासीहरु सँगकुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन्। ६. नेपालका राजा सिक्किम का राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परेसान नगर्नर साथै शान्ति भंगनगर्न स्वीकार गर्छन्र साथै के पनि स्वीकार गर्छन्भने यदि नेपाल अधिराज्य र सिक्किमका राजा अथवा सिक्किम का प्रजाहरुबीच कुनै मतभिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थको रुपमा ब्रिटिश सरकारलाई सुम्पने छन्र नेपाल काराजाले ब्रिटिस सरकारको निर्णय स्वीकार गर्नु पर्नेछ। ७.नेपालका राजा यस नियमलाई स्वीकार गर्छन्कि ब्रिटिश सरकारको अनुमति बिना कुनै ब्रिटिश प्रजातथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवा मा कहिले पनि राख्ने छैनन्। ८.दुवै राज्यका बीचमा मित्रतार शान्ति-सम्बन्ध सुदृढ र समुन्नत गराउनका लागि एक राज्यका विश्वास पात्र मिनिस्टर दोस्रो राज्यमा रहने छ भन्ने पनि स्वीकारगर्छन्। ९.यो सन्धि जस मा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्धारा आजको मिति देखि १५ दिन भित्र अनुमोदन गरिने छ।उक्त अनुमोदनले फि्टनेन्ट कर्नल ब्रेडशालाई प्रदान गरिने छ र उनले बीसदिन भित्र अथवा सम्भव भए सो भन्दापनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सोअनुमोदित सन्धिपत्र दिनेछन्। यस सन्धिमा बिबाद मानपरेका नेपाल अधिकृत भूभागहरुपनि कम्पनी सरकार लाई सुम्पने प्रावधान भएकाले नेपालले यस सन्धि मा परेका केही अभिधारा प्रति आफ्नो सहमति र असन्तुष्टि प्रकट गरेको हुँदा नेपाल र कम्पनी सरकार का बीच केही तराई फिर्ता गर्ने प्रयोजनका निम्ति अर्को आंशिक सन्धि भयो।८ डिसेम्बर १८१६ मा भएको पुरक सन्धिबाट कोशी र राप्तीका बीचको तराई फिर्ता भयो तर मूल सन्धिको धारा ४ को प्रावधान लाई खारेज गरियो। १९५० को सन्धि(सन्१९५० जुलाई३१) १.नेपाल सरकार र भारत सरकारका बीच अटल शान्ति र मित्रता रहने छ।दुवै सरकार ले परस्पर मा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मन्जुर गर्छन्। २.कुनै राष्ट्र सँग ठूलो खलबल वा फाटोपर्न आई त्यसबाट दुइ सरकार को बीचमा रहेको मैत्रीको सम्बन्धमा खललपर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुरा को समाचार दिने जिम्मेवारी कबुल गर्छन्। ३.कर्मचारी वर्गहसहित प्रतिनिधिहरु द्धारा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध राजदुत स्तरीय राख्न मन्जुर गर्छ। ४.दुवै सरकार ले परस्पर मा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाईस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरु को नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थान हरु मा निवास गर्नेछन्। ५.नेपाल सरकार लाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्यक्षेत्रको बाटोगरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कल-पूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामान को पैठारी गर्ने अपिधकार छ।दुइ सरकारले परस्पर मा सल्लाहगरी यो बन्दोबस्त लाई चालू गराउने कारबाहीको तय गर्ने छन्। ६.भारत र नेपालको छमेकी मैत्री भावको प्रतीकस्वरुप दुवैसरकारले आफ्नोराज्यक्षेत्रमा रहेका आदर्श सरकार का रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकास सम्बन्धि रियायत र ठेक्काहरुमा भाग लिन लाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ। ७. नेपाल सरकार र भारत सरकार ले आफ्नो राज्यक्षेत्र मा रहेका अर्को मुलुक का रैती लाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्य मा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषा धिकारहरुका विषयमा पारस्परिक तौर ले समान विशेषाधिकार लिनलाई कबुल गर्छन्। ८.जहातक यहाँ जिकिरगरिएका कुराहरु को सम्पर्क छ, ती सबै मा यो सन्धि पत्रले भारतको तर्फाट ब्रिटिस सरकार र नेपाल सरकार का बीच मा भएकाअघिकासब सन्धिपत्र, स्वीकारपत्र, कबुलियत नामाहरु लाई खारेज गर्छ। ९.हस्ताक्षर गरिए कै मिति देखियो सन्धि लागू गरिनेछ। १०. यो सन्धिकुनै एक मुलुक ले १ वर्षे भाखादिई सो सन्धिपत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ।

बिश्व विख्यात जल बिद्धुत परियोजा हरो -------उत्कृष्ट १०

नेपालमा सबैभन्दा ठूलो जडित क्षमताको विद्युत् आयोजना कालीगण्डकी आयोजना हो, जसको उत्पादन क्षमता एक सय ४४ मेगावाट छ । दोलखामा निर्मित चार सय ५६ मेगावाटको आयोजना बनेपछि यसमा ठूलो फड्को मारिनेछ । तर, विश्वमा केही हजार होइन, दुई हजारमाथिकै पाँच दर्जनभन्दा बढी जलविद्युत् आयोजना छन् । सबैभन्दा अधिक जडान क्षमता भएका पाँच आयोजना :
१) थ्री गर्जेज, चीन
चीनको हुवेई प्रान्तमा रहेको यो आयोजनाको जडित क्षमता २२ हजार पाँच सय मेगावाट हो । सन् १९९४ मा निर्माण सुरु भएको यो आयोजनाबाट २००८ देखि विद्युत् उत्पादन हुन थालको हो । चीनको याङ्से नदीमा बनेको यो आयोजनाको लागत २६ अर्व अमेरिकी डलर रहेको छ । यो आयोजनाको उद्देश्य विद्युत् उत्पादनका अतिरिक्त बाढी नियन्त्रण तथा नौपरिवहन हो ।
यो आयोजनाको ड्यामको उचाइ एक सय ८१ मिटर छ भने लम्बाइ २३ सय ३५ मिटर र चौडाइ एक सय १५ मिटर छ । हरेक मुख्य टर्वाइनको जडित क्षमता सात सय मेगावाट छ । विश्वमा नै आश्चर्यचकित मानवीय निर्माणमा अग्रणी चिनियाँहरू यो आयोजनालाई ऐतिहासिक इन्जिनियरिङ तथा सामाजिक र आर्थिक सफलता मान्छन् ।
२)  इटाइपु, ब्राजिल/पाराग्वे
दक्षिण अमेरिकाका ब्राजिल र पाराग्वेको सिमानामा पर्ने पाराना नदीमाथि बनेको यो द्विदेशीय आयोजनाको जडित क्षमता १४ हजार मेगावाट छ । सन् १९७० मा निर्माणकार्य सुरु भएको यो आयोजनाको उद्घाटन १९८४ मा भएको हो । यसको निर्माण लागत १९.६ अर्व अमेरिकी डलर रहेको थियो ।
यो आयोजनाका हरेक मुख्य टर्वाइनहरूको जडित क्षमता पनि सात सय मेगावाट नै छ । आयोजनाको ड्यामको उाचाइ एक सय ९६ मिटर छ भने लम्बाइ झन्डै आठ किलोमिटर छ । यो आयोजनाका सन्दर्भमा सन् १९७९ मा ब्राजिल, पाराग्वे र अर्जेन्टिनाबीच त्रिपक्षीय सम्झौता भएको थियो । कुनै द्वन्द्व भएर ब्राजिलले पूरै बाँध खोलिदिएमा राजधानी नै बगाउसक्ने भएपछि अर्जेन्टिनाले चासो दिएको थियो ।
३) जिलुडु, चीन
युनान प्रान्तमा रहेको यो आयोजनाको कुल जडित क्षमता १३ हजार आठ सय ६० हो । मूलत: विद्युत् उत्पादनका लागि बनाइएको यो आयोजनाले याङ्से नदीमा आउने बाढी पनि नियन्त्रण गर्छ । सन् २००५ मा निर्माण सुरु भएको यो आयोजनाले गत वर्षबाट उत्पादन दिन थालेको हो ।  यसको निर्माण खर्च ६ अर्व अमेरिकी डलर हो ।
यो आयोजनाको ड्यामको उाचाइ दुई सय ८५ मिटर छ भने लम्बाइ सात सय मिटर छ । यो आयोजनामा दुईवटा भूमिगत पावर स्टेसन छन् । हरेक स्टेसनमा सात सय ७० मेगावाट क्षमताका नौ–नौवटा टर्वाइन जेनेरेटर छन् ।
४) गुरी, भेनेजुयला
भेनेजुयलाको कारोनी नदीमाथि बनेको यो आयोजनाको कुल जडित क्षमता १० हजार दुई सय ३५ मेगावाट छ । १९७८ मा उत्पादन सुरु भएको यो आयोजना १९६३ मा निर्माण सुरु भएको थियो ।
यो आयोजनाको ड्यामको उाचाइ एक सय ६२ मिटर छ भने लम्बाइ ७४ सय मिटर छ । यो स्टेसनमा १० टर्वाइन रहेका छन्, जसको प्रतिजडित क्षमता ६ सय ३० मेगावाट छ ।
यो आयोजनाबाट उत्पादित विद्युत्ले भेनेजुयलाको विद्युत् वितरणको दुईतिहाई भाग ओगट्छ । गुरी आयोजनाको केही विद्युत् कोलम्बिया र ब्राजिल निर्यात पनि हुन्छ ।
५) टुकुरुई, ब्राजिल
ब्राजिलमा रहेको यो आयोजनाको कुल क्षमता आठ हजार तीन सय ७० मेगावाट छ । सन् १९७५ मा निर्माण सुरु भएको यो आयोजना १९८४ मा सम्पन्न भएको हो । यसको निर्माण लागत ५.५ अर्ब अमेरिकी डलर रहेको छ । ब्राजिलको अमेजन रेनफरेस्ट क्षेत्रमा यो पहिलो ठूलो आयोजना हो ।
यो आयोजनाको ड्यामको उाचाइ ७८ मिटर भने लम्बाइ १२ किलोमिटर छ । यो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादन भए पनि यहाँ नौपरिवहन पनि हुन्छ । यसमा पहिले विश्वबैंकले लगानी गर्ने चर्चा चले पनि पछि ब्राजिलका विभिन्न संस्थाले संयुक्त लगानी गरेका थिए । त्यसैगरी क्यानडा, युरोप तथा अमेरिकाका विभिन्न संस्थाको पनि यसमा सानो हिस्सा रहेको छ ।

आयोजक को लोकप्रिय बन्ने रहर मा कलाकार को चित्त दुखाइ

siva-pariyar
गायक शिव परियारले आफू कतारमा आयोजना भएको ‘मेघा कन्सर्ट’मा अपमानित भएको जनाएका छन् । उनले व्यवस्थापनमा चर्को लापरवाही भएको भन्दै आफूले अपमानित महशुश गरेको फेसबुक पेजमा लेखेका छन् ।

siva-pariyar-status

उनले आयोजकको चरम लापरबाहिका कारण आफूले स्टेजमा गएर २ लाइन गीत मात्र गाएर र्फकनु परेको भन्दै उनले आफूबाट धेरै नै आशा गरेर आएका दर्शकसँग माफी मागेका छन् ।
उनले आफूलाई मात्र एक्सपोज गर्न चाहने कार्यक्रम संचालक, स्टेडियममा दर्शक टन्न देखेर मख्ख पर्दै व्यवस्थापनमा कमजोरी गर्ने आयोजकसँग चर्को रोस प्रकट गरेका छन् ।
अन्तरराष्ट्रिय कलाकार मञ्च कतार शाखा र शाश क्रियशनको संयुक्त आयोजनामा इदको अवसर पारेर मंगलबार कतारमा भव्य कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रम हेर्न ७ हजार भन्दा धेरै दर्शक सहभागी थिए । कार्यक्रम ढिलो सुरु हुँदा र आयोजक हावी हुँदा नेपालबाट गएका कलाकारले प्रस्तुती गतिलोसँग दिन नपाएको गुनासो आउन थालेको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/07/174640/#sthash.IDYcJ1cC.dpuf

शनिवार, 26 जुलाई 2014

खुर्सानी को रुख मा खुर्सानी नै फाल्ने रहेछ

काठमाडौं-अघिल्लो सातासम्म ११ वर्षकी गौरिका सिंह नेपाली खेलकुदका लागि अपरिचित नाम थियो। आमाबाबुसँग बेलायतमा बसोवास गर्ने उनको नेपाली खेलकुदसँग कुनै साइनो पनि थिएन। बिदा मनाउन नेपाल आउँदा उनलाई एउटा यस्तो मौका जुर्‍यो, जसका कारण उनी एकाएक नेपाली खेलकुदले गुमाउन नचाहने सम्पत्तिका रूपमा स्थापित भइन्।
डाक्टर बाबु पारस सिंह र २०५० सालको एसएलसीमा बोर्ड फस्ट भएकी आमा गरिमा राणासँगै ९ वर्षदेखि लन्डन बसेकी गौरिका अहिले बिदा मनाउन पुर्ख्यौली थलो नेपालमा छिन्।
हरेक वर्ष सिंह परिवार बिदा मनाउन नेपाल आउने गर्छ। तर यसपाली उनीहरू नेपालमा हुँदा सातदोबाटोमा १९औं राष्ट्रिय खुला पौडी प्रतियोगिता हुँदै थियो। गौरिका लन्डनमा पछिल्लो दुई वर्षदेखि पौडी प्रशिक्षण लिइरहेकी थिइन्। नेपालको राष्ट्रिय प्रतियोगिता खेल्न उनलाई कुनै छेकबार थिएन। आमाबाबुले पनि छोरीको प्रतिभा प्रस्फुटनको मौका दिए। यही मौका ११ वर्ष ७ महिनाकी किशोरीका लागि आफूलाई प्रमाणित गर्ने उपयुक्त थलो बन्यो। नेपाली खेलकुदका लागि चाहिँ त्यो एउटा दरिलो व्यंग्य थियो। कारण– गौरिकाले प्रतियोगितामा ७ राष्ट्रिय कीर्तिमानमा नाम लेखाइन्। गौरिकाले भंग गरेकामध्ये दुई कीर्तिमान उनको उमेरभन्दा जेठो थियो।
१० दिनअगाडि अपरिचित गौरिका अहिले एकाएक नेपाली पौडीमा चर्चाको शिखरमा छिन्। तर विदा मनाउन आएकी एउटी बालिकाले यहाँका नियमित र जेठो प्रतिस्पर्धीलाई उछिन्दै पदक जित्नु र कीर्तिमान बनाउनुले नेपाली पौडीको अवस्था उदांगो पारेको छ। खेलको दूरावस्था छर्लंग पार्दा यसले खेल प्रशासनसामु चुनौती पनि तेर्स्याएको छ। गौरिकाले ७ कीर्तिमान बनाइन् भने थप एक स्वर्ण पदक पनि जितिन्। उनले स्वर्ण जितेर कीर्तिमान नबनेको इभेन्ट १ सय मिटर फ्रिस्टाइल थियो।
साउन २ गते सातदोबाटोमा प्रतियोगिता सकिँदा उनको नाममा अर्को कीर्तिमान पनि बन्यो, एउटै प्रतियोगितामा सर्वाधिक कीर्तिमान बनाउने खेलाडी। त्यो उनको आठौं र मूल्यवान कीर्तिमान थियो। प्रशिक्षक ओङदेन लामा गौरिकाको कीर्तिमानले नेपाली पौडीको स्तर प्रस्ट्याएको स्वीकार्छन्। भन्छन्, ‘लन्डनमा खेल्ने एउटा जुनियर खेलाडीले नेपालमा सात कीर्तिमान बनाइन्। यसले हाम्रो स्तर देखाएको छ। हाम्रो समस्या पूर्वाधार र प्रतिस्पर्धी खेलाडी कम हुनु हो।'
नेपालमा पौडी खेलाडीले वर्षमा ४–५ महिनामात्र अभ्यास गर्न पाउँछन्। राष्ट्रिय स्तरको खेलाडीले मुस्किलले दुई घरेलु प्रतियोगिता खेल्ने अवसर पाउँछन्। त्यसमा पनि खेलाडीसंख्या अत्यन्तै न्यून हुन्छ। काठमाडौंमा मात्र सीमित भएकाले पौडीमा खेलाडी संख्या बढ्न नसकेको प्रशिक्षक लामाको बुझाइ छ। ‘देशभर पौडी पोखरी छैन। काठमाडौं बाहिर प्रतियोगिता हुँदैनन्,' उनले समस्या सुनाए, ‘आम नेपालीका लागि पौडी महँगो खेल पनि हो। अहिले बिस्तारै अभिभावकहरूले आफ्ना बच्चालाई पौडी खेलाउन थालेका छन्।'
२ सय मिटर ब्याकस्ट्रोकमा गौरिकाले १३ वर्षअघिको कीर्तिमान भंग गर्दा ६ जनामात्र प्रतिस्पर्धी थिए। १ मिटर बटरफ्लाईमा कीर्तिमान बनाउँदा पनि गौरिकाका ६ प्रतिस्पर्धी थिए। २ सय मिटर व्यक्तिगत मिड्लेमा गौरिकाले नयना शाक्यको नामको १२ वर्ष पुरानो कीर्तिमान तोड्दा ७ जनाले प्रतिस्पर्धा गरेका थिए। गौरिकाले सबै भन्दा बढी प्रतिस्पर्धी पाएको ५० मिटर बटरफ्लाईमा १४ जनाले भाग लिएका थिए। प्रतिस्पर्धी खेलाडीको संख्या कम हुनुलाई प्रशिक्षक लामा स्तर बढ्न नसक्नुको मुख्य कारण मान्छन्।
ओलम्पिक र एसियाडजस्ता ठूला प्रतियोगितामा पौडीको सहभागिता वाइल्ड कार्डमार्फत निश्चित हुन्छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अनिवार्य खेलमा पर्ने भएकाले सबै अन्तर्राष्ट्रिय खेल महोत्सवमा पौडीको सहभागिता हुन्छ।
अन्तराष्ट्रिय सहभागिता भए पनि घरेलु संरचना कमजोर भएका कारण पौडीले फड्को मार्न नसकेको पौडी संघका अध्यक्ष अशोक वज्राचार्य बताउँछन्। नेपालमा पौडी काठमाडौंमा मात्र सीमित छ। पोखरा, धरान, नेपालगन्जमा पौडी पोखरी छन्। पोखरा र धरानको पौडी पोखरीमा प्रयोग भए पनि प्रतियोगिता हुँदैनन्। नेपालगन्जमा पौडी पोखरी निमार्णधीन अवस्थामा छ।
वज्राचार्यले भौतिक पूर्वाधार पौडीको मुख्य समस्या भएको बताए। ‘हामीसँग प्रतिभावान खेलाडी नभएका होइनन्। तर हामीले उनीहरूलाई पर्याप्त प्रशिक्षणको अवसर जुटाउन सकेका छैनौं,' उनले नागरिकसँग भने, ‘संघले पूर्वाधार निमार्णका लागि सरकारलाई आग्रह गरिरहेको छ। पौडीको विकास कल्पना गर्न पनि पहिला हामीसँग सबै सिजनमा खेल्न मिल्ने हिटिङ सिस्टमको पोखरी चाहिन्छ। अहिले हिउँदमा अभ्यास सम्भव छैन।'
पछिल्लो समय युवा खेलाडीमा संघले ध्यान दिइरहेको बताउँदै वज्राचार्यले उमेर भएपछि खेलाडीहरू अध्ययनका लागि विदेशिनु नेपाली पौडीको अर्को विडम्बना भएको बताए।
‘पदक जित्ने सम्भावनामा पुग्दा खेलाडी अध्ययनका लागि विदेश जाने क्रम रोकिएको छैन। हामीले नेपालमै खेलाडीलाई सुविधा दिन नसकेकाले यस्तो भएको हो,' उनले भने।
कीर्तिमानी पूर्वखेलाडी शैलेश राणा खेलाडीलाई प्रशिक्षण र प्रोत्साहनको कमीका कारण स्तर माथि उठ्न नसकेको बताउँछन्। शैलेशले भने, ‘पौडीको विकास गर्न नियमित प्रशिक्षण र खेलाडीको हौसला बढाउने कार्यक्रम हुनु जरुरी छ।'

१९औं राष्ट्रिय खुला पौडीमा गौरिकाको कीर्तिमान

२०० मिटर फ्रिस्टाइल २ मिनेट २६:२८ सेकेन्ड
२०० मिटर ब्याकस्ट्रोक २ मिनेट ४८: १६ सेकेन्ड
२०० मिटर व्यक्तिगत मिड्ले २ मिनेट ५३:५७ सेकेन्ड
१०० मिटर ब्याकस्ट्रोक १ मिनेट १७:९७ सेकेन्ड
१०० मिटर बटरफ्लाई १ मिनेट १९:३४ सेकेन्ड
५० मिटर बटरफ्लाई ३२.९७ सेकेन्ड
५० मिटर ब्याकस्ट्रोक ३५.८५ सेकेन्ड

राष्ट्रपति अनुमोदन हुनुपर्छ: एमाले

श्रावण ९ - एमाले कार्यवाहक अध्यक्ष वामदेव गौतमले राष्ट्रपति र उपराष्ट्रपतिको संक्रमणकालीन व्यवस्थाबारे संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा आइतबार भएको सहमतिलाई बिहीबार अस्वीकार गरेका छन् । समितिको बैठकमा उनले उक्त सहमति यसअघि कांग्रेस र एमालेबीच भएको सातबुँदे सम्झौताविपरीत भएकाले मान्न नसकिने अडान राखेका हुन् ।
दुई दलबीचको सातबुँदे सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति अनुमोदन हुनुपर्ने र नयाँ संविधान जारी हुने बेलामा राष्ट्रपति-उपराष्ट्रपतिसहित प्रधानमन्त्री र सभामुख-उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ । उक्त व्यवस्था कार्यान्वयनका लागि अन्तरिम संविधानमा संशोधन आवश्यक पर्छ । समिति बैठकले अघिल्लो संविधानसभाको संवैधानिक समितिले जुटाएका सहमति स्वीकार गर्ने क्रममा राष्ट्रपति-उपराष्ट्रपतिको अवधिसम्बन्धी बुँदा पनि स्वतः अनुमोदन भएको थियो । 'यो संविधान प्रारम्भ हुँदाका बखत बहाल रहेका राष्ट्रपति र उपराष्ट्रपति नयाँ संविधानबमोजिम निर्वाचन नभएसम्म कायम रहने र कुनै कारणवश पद रिक्त भएमा पदपूर्ति हुने प्रक्रिया अन्तरिम संविधानबमोजिम हुनेछ' भन्ने विगतको सहमति संवाद समितिले स्वीकार गरेको हो । उक्त सहमतिअनुसार हालकै राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिनुपर्ने अवस्था आउने भन्दै गौतमले असहमति जाहेर गरेका हुन् ।
अघिल्लो बैठकमा एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारीसहितका नेताहरू सहभागी भए पनि कसैले विरोध गरेका थिएनन् । तर बिहीबारको बैठकमा एमालेका कार्यवाहक अध्यक्ष गौतमले पार्टीको धारणा भन्दै त्यसको विरोध गरेका हुन् । एमालेको यो अडानसँगै राष्ट्रपति अनुमोदनको विषय फेरि चर्कने देखिएको छ । एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमै सातबुँदे सहमति कार्यान्वयन नभए कांग्रेससँग सँगै अघि बढ्न नसक्ने चेतावनी दिइसकेका छन् । उनले उपचारका लागि सिंगापुर जानुअघि राष्ट्रपति-उपराष्ट्रपतिको तत्काल अनुमोदन नगरिए उक्त पदको नयाँ निर्वाचनको मुद्दा उठाउने बताएका थिए ।
 'लिखित रूपमा गरेको सहमति पनि कार्यान्वयन हुँदैन भने कांग्रेससँगको सहकार्यमा पुनर्विचार गर्नुपर्ने अवस्था आउँछ,' ओलीको भनाइ थियो ।
संसदीय दलको नेता निर्वाचित भएलगत्तै ओलीले संसद्मा बोल्दै नयाँ संविधानसभा भएकाले राष्ट्रपति-उपराष्ट्रपतिको पनि पुनः निर्वाचन गर्नुपर्ने अडान राखेका थिए । उनले नयाँ सभाले पुरानो संविधानसभाले निर्वाचित गरेका राष्ट्रपति-उपराष्ट्रपतिलाई नचिन्ने अभिव्यक्तिसमेत दिएका थिए । पछि सरकार निर्माणका बेला कांग्रेससँग हाललाई राष्ट्रपति/उपराष्ट्रपतिको अनुमोदन गरेर नयाँ सभाले अपनत्व लिने, एक वर्षभित्र संविधान जारी गर्ने र त्यसै बेला राष्ट्रपति-उपराष्ट्रपतिका साथै प्रधानमन्त्री, सभामुख, उपसभामुखको पनि नयाँ निर्वाचन गर्ने सहमति भएको थियो ।
ओलीले नयाँ संविधानसभाले नचिन्ने भनेका राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । महाधिवेशनका कारण आन्तरिक राजनीतिमा व्यस्त भएकाले यसबीच एमालेले कांग्रेससँगको सहमति कार्यान्वयनमा खासै तदारुकता देखाएन । तर महाधिवेशनलगत्तै फेरि राष्ट्रपति-उपराष्ट्रपति अनुमोदनको विषयलाई एमालेले चर्काउन थालेको छ । अध्यक्ष ओलीले कांग्रेस सहमतिअनुरूप अनुमोदनका लागि तयार नभए राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन हुने बताएका छन् ।
'कांग्रेस र एमालेबीच औपचारिक रूपमा भएको सहमति कार्यान्वयनमा विलम्ब भइसक्यो,' एमाले उपमहासचिव विष्णु पौडेलले कान्तिपुरसंँग भने, 'अब यसमा ढिलाइ गर्नु हुँदैन ।' संविधानसभाको संवाद समितिका सदस्यसमेत रहेका कांग्रेस नेता अर्जुननरसिंह केसीले भने दुई पार्टीबीचको सहमतिले संविधान निर्माण प्रक्रिया बिथोलिनु नहुने बताए । 'सातबुँदे दुई पार्टीबीचको सहमति हो, यसलाई पालना गरिनुपर्छ,' उनले भने, 'तर संविधान निर्माणको काम जेलिनु हुँदैन ।' दुई पार्टीबीचको सहमति एक ठाउँमा भए पनि राष्ट्रपति-उपराष्ट्रपतिको अनुमोदन गर्ने कुराले गलत परम्परा स्थापित गर्ने केसीको भनाइ थियो । बैठकमा गौतमले कुरा राखेपछि सभापति बाबुराम भट्टराईले दुई पार्टीबीचको कुरालाई बाहिर छलफल गरेर मिलाउन सकिने भन्दै अन्य कामकारबाही अघि बढाएका थिए ।
दुई सहमतिमात्र स्वीकार
बैठकले अघिल्लो संवैधानिक समितिका थप दुई सहमति स्वीकार गरेको छ । संघीय व्यवस्थापिकाको नामकरण 'व्यवस्थापिक-संसद्' गर्ने र तल्लो सदनको नाम 'प्रतिनिधिसभा' राख्ने सहमतिलाई स्वीकार गरिएको हो । विगतको संवैधानिक समितिले जुटाएका ४८ वटा सहमति संवाद समितिले छलफलपछि स्वीकार गर्ने प्रक्रिया थालेको छ । अघिल्लो बैठकले ११ वटा सहमति स्वीकार गरेको थियो । एमाले कार्यवाहक अध्यक्ष गौतमले अघिल्लो बैठकले सहमति जुटाएको राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्थामा असहमति जनाएपछि बाँकी विषयमा छलफल हुन सकेन ।